२०११ सालको विपत्ति

७० वर्ष भयो नेपालमा ठूलो र भयावह बाढीले देश आक्रान्त भएको पनि । ९० सालको महाभूकम्पको विपत्ति धेरैले बिर्सिएकै थिएनन् । त्यस दुखद घटनाको करिव २१ वर्ष पछि देशमा फेरी अर्को विपत्ति आइलाग्यो । यो विपत्ति पनि प्रकृतिले नै गरेको प्रहार थियो । तर आज इतिहास पढ्नेहरुले जति ९० सालको भूकम्प याद गर्छन् तर ११ सालमा देशमा ठूलो बाढीबाट खति भएको थियो भन्ने थाहा पाउँदैनन् । यस बाढीले देशको कतिपय ठाउँहरुको भूबनोट नै परिवर्तन भएको थियो भने कतिपय नयाँ बस्ती तथा शहरको जग बसेकोे थियो ।
२०११ सालको भयावह बाढी नदेखे र नसुनेका आजको पिढीले असोज १२ को बाढीलाई भयावह भनेर भन्न थालेको पायौ । अहिले आएको बाढी वास्तवमा प्रकृतिको दोहन गर्न खोज्नुको परिणति हो । स्वच्छन्द बग्नु पर्ने नदीनालालाई साँघुरो बनाइनुले यसले क्षति बनाएको भन्ने लागेको हो । पहाडमा पानी धेरै पर्दा तराइका फाँट डुबाउँछ भन्ने कथन नै छ । हजारौ घनकिमी पानी बोकेर आउने ठूला नदीलाई साँघुरो बनाएर दाँयाबाँया ठूला ठूला संरचना बनाउन खोज्दा ति संरचना खोलाले बगाउनु कुनै नौलो मान्नु हुदैन । प्रकृतिसंग खेलवाड नगर्नु भन्ने गरिन्छ ।
भर्खरै सर्बोच्च अदालतले नदी किनारमा दाँयाबाँया २०६५ मा तोकेभन्दा अझ २०(२० मीटर भित्र संरचना बनाउन नपाउने निर्णय गरेको थियो । जसले गर्दा बागमती बिष्णुमतिमा अब ४० मीटर, धोबिखोलामा अब २९ मीटर, नक्खुखोलामा अब ३२ मीटर, बल्खुखोला, कर्मनाशा, कोड्कु, साङ्ले र महादेवखोलामा अब ३० मीटर, टुकुचा सामाखशीमा अब २४ मीटर, हनुमन्ते खोलामा अब ४० मीटर र करखुशीखोलामा अब २६ मीटरभित्र कुनै पनि स्थाइ संरचना बनाउन नपाउने बनाइएको थियो । यसको बिरोध चारैतिर भयो । हिजो सडक चौडा गर्ने नाममा घरघरमा डोजर चनाउने भाइकाजी तिवारीले समेत पुनरावलोकन गर्न सुझाव दिएका थिए ।
तर हिजो प्रकृतिले आफ्नो मापदण्ड कायम गराउने डरलाग्दो गरि दवाव दिएरै काठमाडौवासीलाई देखायो । यो वर्षात अझै एक हप्ता आएको भए सर्बोच्च निर्णय कार्यान्वयन प्रकृतिले नै गरिदिन्थ्यो । कुनै डोजर चलाउन बाध्य हुदै पर्दैनथ्यो । सरकारले डोजर चलाएको भए यहाँ राजनैतिक नारा जुलुस हुन्थ्यो होला । तर प्रकृतिले नै डोजर चलायो भने टोलाउनु बाहेक कुनै बिकल्प नै हुदैनथ्यो ।
त्रिभुवन युगको अन्त्य गरी महेन्द्र युग सुरु गरेको त्यो भयावह बाढी
यो त हिजो आजका कुरा भए । वास्तवमा भन्ने नै हो भने २०११ सालको त्यो भयावह बाढी राजा त्रिभुवनको युगको अन्त्य र राजा महेन्द्रको युगको शुरुवात पनि हो । यसले सुस्त र अनिर्णित राजा त्रिभुवनको युगको अन्त्य भएको थियो । र छिटो निर्णय गर्ने सक्ने र परिवर्तित युगको प्रतिक राजा महेन्द्रको युग शुरु भएको थियो । त्यो बेलाका गोरखापत्रहरु पल्टाउँदा बाढी र यसका क्षतिका समाचारका साथ साथ गोरखापत्रको मुखपृष्ठमा राजा त्रिभुवनको स्वास्थ्यका समाचार पनि छापिएका थिए । जस्तो साउन १४ गते र १५ गते श्री ५ महाराजका गाथमा हिजो आराम रह्यो । १६ गते श्री ५ महाराजका गाथमा हिजो रात्री अपेक्षाकृत आराम रहेन । १७ गते श्री ५ महाराजबाट हिजोको दिन आरामसाथ ब्यतित गरिबक्सियो । १८ गते श्री ५ महाराजधिराज हिजो रात्री राम्रो निद्रा परेन, तर मौसुफको अरु शारीरिक स्थिति अपरिवर्तित छ । डा। एडमण्ड रोनाल्डबाट पठाइएका मेडिकल बुलेटिन प्रत्येक दिन छापिएको देखिन्छ । साथै देशमा यति बिपत्ति आइलागेको बेलामा प्रधानमन्त्री मातृका प्रसाद कोइराला एपेन्डिसाइटिसको अप्रेशनका लागि कलकत्ता पुगेका थिए । विमार राजा, विमार प्रधानमन्त्री र देश समेत विमार अवस्थामा थियो त्यो बेला ।
वि.सं. २०११ सालको साउन ८ गते शुक्रवारको दिन देखि लगातार मुसलधारे पानी पर्न थालेको थियो । पानी रोकिने नाम नै लिएको थिएन । १२ गतेसम्म पाँच दिन एकतमास परेको पानीले गर्दा बित्यासको आशंका धेरैले गरिसकेका थिए । नभन्दै १२ गतेकै दिनमा बाढीले बिनास गरेको समाचारहरु आयो । पूर्वी तराइको कोशी र मध्य नेपालको लोथर र मनहरीमा आएको बाढीले गर्दा राप्ती नदीमा समेत बाढी आएको थियो । उता काठमाडौमा बागमती र विष्णुमतीमा पनि बाढी आएको थियो । यसरी नै देशका अन्य ठूला नदीहरुमा पनि बाढी आउँदा जनधनको क्षति भएको थियो । यसरी बाढीले बिनाश गरेको एक महिना पछि भदौ ५ गते देखि लगातार परेको पानीले भदौ १० गते नेपालका प्राय नदीनालाहरुमा फेरी दोश्रो पटक बाढी आएको थियो । यसरी दोश्रो पटक आएको बाढी अझ डरलाग्दो रह्यो । यो बाढी पनि पूर्वी नेपालको कोशी, मध्य नेपालको राप्ती, बागमती, त्रिशुली, नारायणी तथा पश्चिम नेपालका प्रमुख नदीहरुमा पनि आएको थियो । यसको साथै पोखराको फेवातालको हर्पन खोला, बेगनासको खुदी खोला तथा रूपातालको तालबेसी खोलामा पनि बाढी आएको थियो ।
अघिल्लो बाढीले ठूलो जनधनको क्षति नभए पनि पछिल्लो बाढीले भने ठूलो क्षति पुगेको थियो । देशभरमा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । सो समय कास्कीको सौरेबजार नजिकै पैह्रो जाँदा लमजुङबाट आएका तथा लमजुङ जानका लागि बास बसेका १०० भन्दा बढी भरियाहरु एकै ठाउँमा चिहान परेका थिए भन्ने गरिन्छ । सो समय गोरखा जिल्लामा पनि पैह्रोका कारण सयौको मृत्यु भएको थियो भने कोशीमा आएको बाढीले ६०० भन्दा बढीको मृत्यु भएको थियो । यसको साथै मनहरी र लोथर नदीमा आएको बाढी तथा पैह्रोले धेरै गाउँका घरहरु लगेको थियो । यस बाढीकोे प्रभावले दोलखा देखि गोरखासम्मको भूधरातलमा परिवर्तन ल्याएको थियो । देशभरमा करिव ३,००० घर क्षतिग्रस्त भएको थियो भने २ करोड बराबरको धनमाल क्षति भएको थियो ।
भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोशी नदीका कारण विहारमा अत्यधिक क्षति भएपछि बैशाखमा भएको नेपाल भारत बिचको कोशी सम्झौता अनुरुप छिट्टै नै काम अगाडि बढाउनु पर्ने भन्दै तत्कालिन सिँचाई मन्त्री गुलजारीलाल नन्दालाई पत्र लेखेर अनुरोध गरेका थिए । भारत नेपालमा भएको बाढीको क्षतिमा सहयोग गर्नु भन्दा आफ्नो स्वार्थमा लागेको देखिन्छ । एपेन्डिसाइटिसको अप्रेशन गर्न कलकत्ता पुगेका नेपालका प्रधानमन्त्री मातृका प्रसाद कोइराला बाढीको बिषय भन्दा राजनैतिक सहयोग माग्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पत्र लेखेको देखिन्छ ।
राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री नेहरुलाई रिझाएर प्रधानमन्त्रीको पदमा रहिरहेका मातृकाका लागि राजा त्रिभुवन विमार भएर राज्य एक प्रकारले युवराज महेन्द्रबाट सञ्चालन भइरहेको अवस्थामा अप्ठ्यारो शुरु भएको थियो । प्रधानमन्त्रीको पद गुम्ने चिन्ताले ग्रस्त भएका प्रधानमन्त्री मातृकाप्रसादलाई देशको चिन्ता भन्दा आफ्नो पद गुम्ने चिन्तामा डुबेका थिए ।
११ सालको बाढीले गर्दा सो समय रोपिएका बालीहरु मात्र नष्ट भएनन् । खेतहरुमा बाढीले बगाएर ल्याएको बालुवा तथा गेग्गरहरु थुप्रिदा पछिका सात वर्षसम्म उब्जनी हुन सकेन । जसले गर्दा अनिकाल पर्न गयो । सम्पन्नहरुले महंगोमा दाल, चामल खरिद गरेर पनि खाए तर गरिवहरुका लागि भने ठूलो समस्या भयो । जसले गर्दा आफ्नो गाउँघर छोडेर अन्य शहर तिर बसाइ सरे । यसरी गाउँघरबाट रोजिरोेटीका लागि परदेश जान थालेको पनि थियो । शहर गएकाहरुले कमाएर गाउँमा पैसा पठाउन थालेपछि गाउँमा रहनेको पनि जीवन निर्वाह भएको थियो । २
नेपालमा आएको भयावह बाढी त्यो समय आएको थियो जुन बेला नेपाल अस्थिर राजनैतिक संकटमा थियो । विरामी तथा सुस्त राजा जसमा राजकाज भन्दा बढी ऐशोआराम चाहिन्थ्यो । धेरै सपना बोकेका तर अधिकार कम भएका युवराज थिए । राजनैतिक पार्टीहरु लामो राणाशासन कालबाट मुक्त भएपछि सत्ता लोलुप भएर खिचातानीमा समय बर्बाद गरिरहेका थिए । उता दक्षिण तर्फको भारत भर्खर भर्खर बेलायती साम्राज्यबाट मुक्त भएपनि आर्थिक रुपले कठिन परिस्थितीमा गुज्रिरहेको थियो ।
यता उत्तर तर्फको तिब्बत आफ्नो अस्तित्व जोगाउने धुनमा थियो । रेड आर्मीको सहयोगमा सत्तामा पुगेको माओत्से तुङ २०११ सालतिर देशको कम्यूनिष्ट संविधान बनाउँदै थियो । बलियो राष्ट्र अमेरिका विश्वमा आफू शक्तिशाली बन्ने दौडमा अगाडि बढ्दै बिभिन्न राष्ट्रलाई आर्थिक सहयोग गर्दै थियो । एक वर्ष अगाडि हिमाल आरोहणको बहानामा आएको जापानी टोलीलाई अमेरिकाले गोप्य रुपमा आर्थिक सहयोग गरेको थियो । यो टोली मनासुलु हिमाल आरोहणका लागि आए पनि साथमा नेपालमा पाइने वनस्पतीहरुको अध्ययन गर्न चीनिया सिमा नजिक पुगेका थिए । तिब्बतलाई चीन भित्र समाहित गर्न खोजेको आभास पाएको अमेरिकाले यो जापानी टोली परिचालित गरेको आशंका गरिएको थियो । भारतीय प्रधानमन्त्री नेहरुले पनि यसको विषयमा गहिरो चासो लिएको थियो ।
हरेक नराम्रा घटना राम्राका लागि पनि शुरुवात हुने गर्दछ । ११ सालको बाढीले पनि केही राम्रा कुराहरु पनि दिए । बाढी पिडितहरुलाई आश्रय दिनका लागि नयाँ ठाउँमा बसोबासको ब्यबस्था मिलाइएको थियो । जसले गर्दा नयाँ शहरहरु पनि बनेका थिए । बाढी तथा पहिरो पिडितहरुका लागि अहिलेको चितवनमा जंगल फाँडेर बसोबासको शुरुवात गरिएको थियो । पूर्वमा इटहरी पनि बाढी पिडितहरुलाई बसोबास दिने क्रममा नै बिस्तारै शहरको रुपमा परिवर्तन हुन थालेको थियो ।
२०११ सालकै बाढीबाट पिडित बनेका बखानसिंह गुरुङ गोरखाबाट चितवन बसाइ सरे । २०१२ सालको माघ ११ र १२ गते भएको नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनले सहकारीको अवधारणा ल्याएको थियो । यसै अधिवेशनमा भाग लिएका बखानसिंह गुरुङले ‘बखानपुर सहकारी ऋण समिति’ नामक सहकारी २०१३ सालमा गठन गरेका थिए । यसरी बाढी पिडितहरुको समुह बिच पहिलो पटक सहकारी शुरु भयो ।
यसरी नै ११ सालको बाढी पछि नेपालमा बिदेशी सहयोगको शु्ररुवात भएको थियो । अमेरिकी सरकारले बाढी पिडितहरुका लागि सहयोग बापत रु २० लाख डलर अनुदान दिने भएपछि २५ हजार बाढी पिडितहरुलाई राप्ती उपत्यकामा बसोबास गराउने योजना समेत बन्यो । राप्ती दून क्षेत्रका हटिया, माडी, हेटौडा, बसाहामाडी, रमौली, प्रभातपुर, चितवन, बेलौद, कालाबजार, टाडी, नवलपुर आदी इलाकामा बसोबासको थालनी भयो । यसको साथै कोशी पिडितहरु इटहरीमा बसोबास गर्न पुगे ।
यो लेख निकै लामो छ । यहाँ संक्षिप्त मात्र राखिएको छ । २०११ सालको विपत्ति
७० वर्ष भयो नेपालमा ठूलो र भयावह बाढीले देश आक्रान्त भएको पनि । ९० सालको महाभूकम्पको विपत्ति धेरैले बिर्सिएकै थिएनन् । त्यस दुखद घटनाको करिव २१ वर्ष पछि देशमा फेरी अर्को विपत्ति आइलाग्यो । यो विपत्ति पनि प्रकृतिले नै गरेको प्रहार थियो । तर आज इतिहास पढ्नेहरुले जति ९० सालको भूकम्प याद गर्छन् तर ११ सालमा देशमा ठूलो बाढीबाट खति भएको थियो भन्ने थाहा पाउँदैनन् । यस बाढीले देशको कतिपय ठाउँहरुको भूबनोट नै परिवर्तन भएको थियो भने कतिपय नयाँ बस्ती तथा शहरको जग बसेकोे थियो ।
२०११ सालको भयावह बाढी नदेखे र नसुनेका आजको पिढीले असोज १२ को बाढीलाई भयावह भनेर भन्न थालेको पायौ । अहिले आएको बाढी वास्तवमा प्रकृतिको दोहन गर्न खोज्नुको परिणति हो । स्वच्छन्द बग्नु पर्ने नदीनालालाई साँघुरो बनाइनुले यसले क्षति बनाएको भन्ने लागेको हो । पहाडमा पानी धेरै पर्दा तराइका फाँट डुबाउँछ भन्ने कथन नै छ । हजारौ घनकिमी पानी बोकेर आउने ठूला नदीलाई साँघुरो बनाएर दाँयाबाँया ठूला ठूला संरचना बनाउन खोज्दा ति संरचना खोलाले बगाउनु कुनै नौलो मान्नु हुदैन । प्रकृतिसंग खेलवाड नगर्नु भन्ने गरिन्छ ।
भर्खरै सर्बोच्च अदालतले नदी किनारमा दाँयाबाँया २०६५ मा तोकेभन्दा अझ २०(२० मीटर भित्र संरचना बनाउन नपाउने निर्णय गरेको थियो । जसले गर्दा बागमती बिष्णुमतिमा अब ४० मीटर, धोबिखोलामा अब २९ मीटर, नक्खुखोलामा अब ३२ मीटर, बल्खुखोला, कर्मनाशा, कोड्कु, साङ्ले र महादेवखोलामा अब ३० मीटर, टुकुचा सामाखशीमा अब २४ मीटर, हनुमन्ते खोलामा अब ४० मीटर र करखुशीखोलामा अब २६ मीटरभित्र कुनै पनि स्थाइ संरचना बनाउन नपाउने बनाइएको थियो । यसको बिरोध चारैतिर भयो । हिजो सडक चौडा गर्ने नाममा घरघरमा डोजर चनाउने भाइकाजी तिवारीले समेत पुनरावलोकन गर्न सुझाव दिएका थिए ।
तर हिजो प्रकृतिले आफ्नो मापदण्ड कायम गराउने डरलाग्दो गरि दवाव दिएरै काठमाडौवासीलाई देखायो । यो वर्षात अझै एक हप्ता आएको भए सर्बोच्च निर्णय कार्यान्वयन प्रकृतिले नै गरिदिन्थ्यो । कुनै डोजर चलाउन बाध्य हुदै पर्दैनथ्यो । सरकारले डोजर चलाएको भए यहाँ राजनैतिक नारा जुलुस हुन्थ्यो होला । तर प्रकृतिले नै डोजर चलायो भने टोलाउनु बाहेक कुनै बिकल्प नै हुदैनथ्यो ।
त्रिभुवन युगको अन्त्य गरी महेन्द्र युग सुरु गरेको त्यो भयावह बाढी
यो त हिजो आजका कुरा भए । वास्तवमा भन्ने नै हो भने २०११ सालको त्यो भयावह बाढी राजा त्रिभुवनको युगको अन्त्य र राजा महेन्द्रको युगको शुरुवात पनि हो । यसले सुस्त र अनिर्णित राजा त्रिभुवनको युगको अन्त्य भएको थियो । र छिटो निर्णय गर्ने सक्ने र परिवर्तित युगको प्रतिक राजा महेन्द्रको युग शुरु भएको थियो । त्यो बेलाका गोरखापत्रहरु पल्टाउँदा बाढी र यसका क्षतिका समाचारका साथ साथ गोरखापत्रको मुखपृष्ठमा राजा त्रिभुवनको स्वास्थ्यका समाचार पनि छापिएका थिए । जस्तो साउन १४ गते र १५ गते श्री ५ महाराजका गाथमा हिजो आराम रह्यो । १६ गते श्री ५ महाराजका गाथमा हिजो रात्री अपेक्षाकृत आराम रहेन । १७ गते श्री ५ महाराजबाट हिजोको दिन आरामसाथ ब्यतित गरिबक्सियो । १८ गते श्री ५ महाराजधिराज हिजो रात्री राम्रो निद्रा परेन, तर मौसुफको अरु शारीरिक स्थिति अपरिवर्तित छ । डा. एडमण्ड रोनाल्डबाट पठाइएका मेडिकल बुलेटिन प्रत्येक दिन छापिएको देखिन्छ । साथै देशमा यति बिपत्ति आइलागेको बेलामा प्रधानमन्त्री मातृका प्रसाद कोइराला एपेन्डिसाइटिसको अप्रेशनका लागि कलकत्ता पुगेका थिए । विमार राजा, विमार प्रधानमन्त्री र देश समेत विमार अवस्थामा थियो त्यो बेला ।
वि.सं।. २०११ सालको साउन ८ गते शुक्रवारको दिन देखि लगातार मुसलधारे पानी पर्न थालेको थियो । पानी रोकिने नाम नै लिएको थिएन । १२ गतेसम्म पाँच दिन एकतमास परेको पानीले गर्दा बित्यासको आशंका धेरैले गरिसकेका थिए । नभन्दै १२ गतेकै दिनमा बाढीले बिनास गरेको समाचारहरु आयो । पूर्वी तराइको कोशी र मध्य नेपालको लोथर र मनहरीमा आएको बाढीले गर्दा राप्ती नदीमा समेत बाढी आएको थियो । उता काठमाडौमा बागमती र विष्णुमतीमा पनि बाढी आएको थियो ।
यसरी नै देशका अन्य ठूला नदीहरुमा पनि बाढी आउँदा जनधनको क्षति भएको थियो । यसरी बाढीले बिनाश गरेको एक महिना पछि भदौ ५ गते देखि लगातार परेको पानीले भदौ १० गते नेपालका प्राय नदीनालाहरुमा फेरी दोश्रो पटक बाढी आएको थियो ।
यसरी दोश्रो पटक आएको बाढी अझ डरलाग्दो रह्यो । यो बाढी पनि पूर्वी नेपालको कोशी, मध्य नेपालको राप्ती, बागमती, त्रिशुली, नारायणी तथा पश्चिम नेपालका प्रमुख नदीहरुमा पनि आएको थियो । यसको साथै पोखराको फेवातालको हर्पन खोला, बेगनासको खुदी खोला तथा रूपातालको तालबेसी खोलामा पनि बाढी आएको थियो ।
अघिल्लो बाढीले ठूलो जनधनको क्षति नभए पनि पछिल्लो बाढीले भने ठूलो क्षति पुगेको थियो । देशभरमा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । सो समय कास्कीको सौरेबजार नजिकै पैह्रो जाँदा लमजुङबाट आएका तथा लमजुङ जानका लागि बास बसेका १०० भन्दा बढी भरियाहरु एकै ठाउँमा चिहान परेका थिए भन्ने गरिन्छ । सो समय गोरखा जिल्लामा पनि पैह्रोका कारण सयौको मृत्यु भएको थियो भने कोशीमा आएको बाढीले ६०० भन्दा बढीको मृत्यु भएको थियो । यसको साथै मनहरी र लोथर नदीमा आएको बाढी तथा पैह्रोले धेरै गाउँका घरहरु लगेको थियो । यस बाढीकोे प्रभावले दोलखा देखि गोरखासम्मको भूधरातलमा परिवर्तन ल्याएको थियो । देशभरमा करिव ३,००० घर क्षतिग्रस्त भएको थियो भने २ करोड बराबरको धनमाल क्षति भएको थियो ।
भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोशी नदीका कारण विहारमा अत्यधिक क्षति भएपछि बैशाखमा भएको नेपाल भारत बिचको कोशी सम्झौता अनुरुप छिट्टै नै काम अगाडि बढाउनु पर्ने भन्दै तत्कालिन सिँचाई मन्त्री गुलजारीलाल नन्दालाई पत्र लेखेर अनुरोध गरेका थिए । भारत नेपालमा भएको बाढीको क्षतिमा सहयोग गर्नु भन्दा आफ्नो स्वार्थमा लागेको देखिन्छ । एपेन्डिसाइटिसको अप्रेशन गर्न कलकत्ता पुगेका नेपालका प्रधानमन्त्री मातृका प्रसाद कोइराला बाढीको बिषय भन्दा राजनैतिक सहयोग माग्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पत्र लेखेको देखिन्छ ।
राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री नेहरुलाई रिझाएर प्रधानमन्त्रीको पदमा रहिरहेका मातृकाका लागि राजा त्रिभुवन विमार भएर राज्य एक प्रकारले युवराज महेन्द्रबाट सञ्चालन भइरहेको अवस्थामा अप्ठ्यारो शुरु भएको थियो । प्रधानमन्त्रीको पद गुम्ने चिन्ताले ग्रस्त भएका प्रधानमन्त्री मातृकाप्रसादलाई देशको चिन्ता भन्दा आफ्नो पद गुम्ने चिन्तामा डुबेका थिए ।
११ सालको बाढीले गर्दा सो समय रोपिएका बालीहरु मात्र नष्ट भएनन् । खेतहरुमा बाढीले बगाएर ल्याएको बालुवा तथा गेग्गरहरु थुप्रिदा पछिका सात वर्षसम्म उब्जनी हुन सकेन । जसले गर्दा अनिकाल पर्न गयो । सम्पन्नहरुले महंगोमा दाल, चामल खरिद गरेर पनि खाए तर गरिवहरुका लागि भने ठूलो समस्या भयो । जसले गर्दा आफ्नो गाउँघर छोडेर अन्य शहर तिर बसाइ सरे । यसरी गाउँघरबाट रोजिरोेटीका लागि परदेश जान थालेको पनि थियो । शहर गएकाहरुले कमाएर गाउँमा पैसा पठाउन थालेपछि गाउँमा रहनेको पनि जीवन निर्वाह भएको थियो । २
नेपालमा आएको भयावह बाढी त्यो समय आएको थियो जुन बेला नेपाल अस्थिर राजनैतिक संकटमा थियो । विरामी तथा सुस्त राजा जसमा राजकाज भन्दा बढी ऐशोआराम चाहिन्थ्यो । धेरै सपना बोकेका तर अधिकार कम भएका युवराज थिए । राजनैतिक पार्टीहरु लामो राणाशासन कालबाट मुक्त भएपछि सत्ता लोलुप भएर खिचातानीमा समय बर्बाद गरिरहेका थिए । उता दक्षिण तर्फको भारत भर्खर भर्खर बेलायती साम्राज्यबाट मुक्त भएपनि आर्थिक रुपले कठिन परिस्थितीमा गुज्रिरहेको थियो ।
यता उत्तर तर्फको तिब्बत आफ्नो अस्तित्व जोगाउने धुनमा थियो । रेड आर्मीको सहयोगमा सत्तामा पुगेको माओत्से तुङ २०११ सालतिर देशको कम्यूनिष्ट संविधान बनाउँदै थियो । बलियो राष्ट्र अमेरिका विश्वमा आफू शक्तिशाली बन्ने दौडमा अगाडि बढ्दै विभिन्न राष्ट्रलाई आर्थिक सहयोग गर्दै थियो । एक वर्ष अगाडि हिमाल आरोहणको बहानामा आएको जापानी टोलीलाई अमेरिकाले गोप्य रुपमा आर्थिक सहयोग गरेको थियो । यो टोली मनासुलु हिमाल आरोहणका लागि आए पनि साथमा नेपालमा पाइने वनस्पतीहरुको अध्ययन गर्न चीनिया सिमा नजिक पुगेका थिए ।
तिब्बतलाई चीन भित्र समाहित गर्न खोजेको आभास पाएको अमेरिकाले यो जापानी टोली परिचालित गरेको आशंका गरिएको थियो । भारतीय प्रधानमन्त्री नेहरुले पनि यसको विषयमा गहिरो चासो लिएको थियो ।

प्रतिक्रिया