शुक्रबार, कार्तिक २३, २०८१

संसारका सबैभन्दा धनी रेसलर  

नेपालखोज २०८१ असोज १५ गते १७:००

काठमाडाैं । आज सारा संसार वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (WWE) को प्रशन्सक छ। यो खेलको सफलतामा भिन्स म्याकमोहनको ठूलो भूमिका छ । अन्डरटेकर, जोन सीना र ट्रिपल एच लगायत धेरै नाम यो खेलका लिजेन्ड मानिन्छन् जसले यो सोबाट प्रशस्त प्रसिद्धि र पैसा कमाए। 

तर, के तपाईँलाई थाहा छ यी दिग्गज पहलवानहरूमध्ये सबैभन्दा धनी रेसलर को हुन ? अमेरिकाका भिन्स म्याकमोहन डब्लुडब्लुईका सबैभन्दा धनी रेसलर्सको शीर्षमा छन् । रिपोर्टहरु अनुसार भिन्सको कुल सम्पत्ति करिब ५ .१२ अर्ब रुपैयाँ छ । 

अमेरिकी पहलवान द रक जोन्सन करिब १४ हजार करोडको सम्पत्तिका मालिक हुन् । डब्ल्यूडब्ल्यूईसँगको सम्बन्ध तोडेर उनी अभिनयको दुनियाँमा प्रवेश गरे । 

अमेरिकाका पाउल लेभेस्कलाई रिङमा ट्रिपल एच का रूपमा चिनिन्छ। ट्रिपल एच करिब ३०३६ करोडको मालिक हुन । 

डब्ल्यूडब्ल्यूई सुपरस्टार जोन सीनाको नाम बाट सबै परिचित नै छन् । यी महान् रेसलरको कुल सम्पत्ति ६५ मिलियन डलर छ ।

प्रतिक्रिया