शनिबार, वैशाख १३, २०८२

विश्वको पहिलो साइबर अपराध सूचकाङ्क ! 

नेपालखोज २०८१ असोज १५ गते १६:१८

काठमाडाैं । अक्सफोर्ड विश्वविद्यालयको समाजशास्त्र विभागका अनुसन्धानकर्ताहरूले विश्वको पहिलो साइबर अपराध सूचकाङ्क तयार गरेका छन् । 

‘म्यापिङ ग्लोबल जियोग्राफी अफ साइबर क्राइम विथ द वर्ल्ड साइबर क्राइम इन्डेक्स’ शीर्षकको यो अनुसन्धानमा विज्ञहरूले सबैभन्दा बढी कहाँ साइबर अपराध भइरहेको छ भन्ने कुराको खोजी गरेका छन्  । यो सूचीमा १५ देशको नाम छ । 

रूस शीर्ष स्थानमा 

सूचकाङ्कमा रुसलाई साइबर अपराधको सबैभन्दा ठूलो केन्द्र मानिएको छ । साइबर अपराधको सबैभन्दा बढी सम्भावना रुसमा ५८.३९ अंकका साथ रेकर्ड गरिएको छ। 

युक्रेन र चीन 

सूचकांकमा युक्रेन दोस्रो र चीन तेस्रो स्थानमा छन । रसियासँगै यी दुई देश साइबर अपराधको सबैभन्दा ठूलो हबका रूपमा देखिएको बताइन्छ । युक्रेनले ३६.४४ अंक प्राप्त गरेको छ भने चीनले २७.८६ अंक प्राप्त गरेको छ । 

पहिलो छ देश सबैभन्दा खतरनाक 

हरेक किसिमका साइबर क्राइमको सूचीको शीर्ष १० मा परेका रसिया, युक्रेन, चीन, अमेरिका, रोमानिया र नाइजेरिया सबैभन्दा खतरनाक रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । 

भारत दश नम्बरमा 

भारत यो सुचिको दशौं स्थानमा छ । यसमा भारतको अंक ६.१३ छ । भारतमा प्राविधिक साइबर अपराधको जोखिम उच्च नभए पनि यो स्केम वा ठगीको केन्द्र भएको विज्ञहरूले बताएका छन् । 

१५ देशमा धेरै अपराध 

सूचीमा विश्वका १५ देशमा अन्य देशको तुलनामा साइबर अपराधको जोखिम उच्च भएको कुरा उल्लेख छ । यद्यपि अन्य देशहरू पनि यसबाट अछुतो छैनन् । पहिलो १५ देशमा रुस, युक्रेन, चीन, अमेरिका, रोमानिया, नाइजेरिया, उत्तर कोरिया, बेलायत, ब्राजिल, भारत, इरान, बेलारुस, घाना, दक्षिण अफ्रिका तथा मोल्द‍भा छन् ।

प्रतिक्रिया