सोमबार, वैशाख २९, २०८२

भीरमौरीको घट्दो सङ्ख्या, मह सिकारको परम्परा संकटमा 

नेपालखोज २०८१ असोज १५ गते १६:४६

काठमाडाैं । जलवायु परिवर्तनका कारण मौरीको सङ्ख्या घट्दै गएकाले मह कम संकलन हुन थालेको छ । नेपालका दुर्गम गाउँमा मह शिकारीहरुको आम्दानी पनि घट्दै गएको छ । 

नेपालको लमजुङ जिल्लामा मह संकलन गर्ने व्यक्तिहरु निकै सावधानीपूर्वक मौरी काटेर मह निकाल्छन् । पहाडमा झुण्डिएको मौरीको घार निकै उचाइमा हुन्छ । मह सङ्कलनकर्ताहरूले काठमा ब्लेड लगाएर महको काट्छन्। यहाँबाट उत्पादित महलाई ‘म्याड हनी’ पनि भनिन्छ, किनभने यसमा मादक गुण हुन्छ । यद्यपि  मह सिकार को यो चलन अहिले संकटमा परेको छ । 

जलवायु परिवर्तनको प्रभाव 

जलवायु परिवर्तनले विश्वभर माहुरी र फूलको संख्यामा नकारात्मक असर गरिरहेको अनुसन्धानले देखाएको छ। त्यसको प्रभाव नेपालमा पनि प्रष्ट देखिन्छ । यहाँ पुस्तादेखि गुरुङ समुदायका मानिसहरू महका लागि हिमालयका भिरालो ढुङ्गाहरू चढदै आएका छन्। तर हरेक वर्ष महको मात्रा घट्दै गएको उनिहरुको भनाइ छ । 

भिर मौरीको सिकार गर्ने समूहका पुरुषहरूले  आफूलाई बचाउन बख्खु लगाउँछन्। यो एक प्रकारको स्कार्फ वा पोन्चो हो, जुन गाउँका महिलाहरूले भेडाको ऊनबाट तयार गर्छन् । 

“गत वर्ष मेरो शरिरमा करिब ३५ वटा घाउ थिए। अहिले १५ वटा मात्र बाँकी छ,” एक मह शिकारीले भने। उनले दश वर्षअघि करिब ६ सय केजी मह संकलन गर्ने गरेकोमा हिजोआज सय किलो मात्र मह संकलन गर्न सक्ने जानकारि दिए । 

खतरनाक काम 

यो काम पूर्ण रूपमा जोखिमपूर्ण छ । बाँसलाई लामो, पातलो स्ट्रिप्समा काटेर सिँढी बनाइन्छ जसबाट मह शिकारीहरू खतरनाक उचाइबाट झुण्डिन्छन्। ४० वर्षीय आइत प्रसाद गुरुङ भन्छन् – खस्ने खतरा पनि उत्तिकै हुन्छ । 

बलि र क्षमा पुजा 

प्रत्येक शिकार यात्रा अघि शिकारीहरूले सुरक्षाका लागि प्रार्थना गर्न लगभग एक घण्टा लामो अनुष्ठान गर्छन् । उनीहरू भगवानको आशीर्वाद खोज्छन् र माहुरीबाट केहि लिएकोमा माफी माग्छन् । उनीहरू यसको प्रायश्चित स्वरूप कुखुराको बलि दिन्छन् वा उपहारका रूपमा अण्डा वा चामल चढाउँछन् । 

यी मानिसहरूले घारबाट माहुरी भगाउन रुखका हाँगा – पात बालेर धुँवा लगाउँछन् ।  मह शिकारीहरू अनुभवी हुन्छन् । त्यसैले उनीहरू मौरीले चिल्ने कुरामा बिशेष सावधान र संवेदनशील पाइन्छन् । 

खतरनाक पेसा 

१८ वर्षीय वसन्त गुरुङलाई मौरीले टोकेको थियो । मौरीको टोकाइबाट बेहोस भए पछि उनलाई सुरक्षित स्थानमा लगिएको थियो । मौरीको आक्रमणको यस्ता घटनाबाट जोगिन मह सङ्कलन गर्नेहरूले आफूलाई बचाउने नेट क्याप वा बाक्लो जालिदार प्लास्टिकको झोलाको सहारा लिन्छन् । यद्यपि उनीहरुको सुरक्षाकोको पूर्ण व्यवस्था भने हुँदैन । 

नाजुक जीवन 

जलवायु परिवर्तनले मौरीका लागि समस्या निम्त्याइरहेको छ । विगत १० वर्षको अनियमित मौसमले नेपालमा फूल फुल्ने मौसममा बाधा पुर्‍याएको छ। नेपाल कृषि विश्वविद्यालयका कीट विज्ञानका प्राध्यापक सुन्दर तिवारी भन्छन्, “उच्च र कम तापक्रम दुवै मौरीका लागि समस्या हो जसमा तिनीहरू सजिलै मर्न सक्छन्।”

स्रोत : डिडब्ल्यु

प्रतिक्रिया