कति महँगो असमानता ?

संयुक्त राष्ट्रसंघको नयाँ जेन्डर स्न्यापसट -२०२४ प्रतिवेदनले सन् २०३० सम्ममा विश्वमा महिलाको समानता हासिल गर्ने लक्ष्य टाढा हुँदै गएको जनाएको छ । नारी असमानता र भेदभावले संसारलाई कति नोक्सान भइरहेको छ भन्ने कुराले नै यो लक्ष अझै कति टाढा छ भन्ने देखाउँछ ।
एक सय खरब डलर घाटा
युनेस्कोको तथ्यांकअनुसार युवा तथा विशेषगरी केटीहरूको शिक्षा र तालिममा लगानी नहुँदा विश्वले १०० खरब डलरभन्दा बढी घाटा व्यहोरिरहेको छ । उप-सहारा अफ्रिकामा यो लागत २१० बिलियन डलर छ जुन यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १० प्रतिशत भन्दा बढी हो।
पाँच सय बिलियन डलर बचत गर्न सकिन्छ
प्रतिवेदनले कम तथा मध्यम आय भएका देशहरूले डिजिटल लैङ्गिक खाडल पुर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको बताएको छ। यसले आगामी पाँच वर्षमा अनुमानित ५०० बिलियन डलर बचत गर्न सक्छ।
घरेलु हिंसा रोक्नुको फाइदा
घरेलु हिंसा विरुद्ध कानुन भएका देशहरुमा दम्पती हिंसाको दर ५ प्रतिशत छ । जबकि, यस्ता कानुन नभएका देशहरूमा यो दर १६ प्रतिशत छ ।
१० खरब डलरको वृद्धि सम्भव
यदि कृषिमा लैङ्गिक ज्यालाको अन्तर हट्यो भने विश्वव्यापी जीडीपी लगभग १० खरब डलरले बढ्न सक्छ भने ४।५ करोड मानिसलाई खाद्य असुरक्षाबाट बचाउन सकिन्छ।
प्रतिनिधित्व छैन
२०२४ मा संसारभरका राष्ट्रिय संसदमा २७ प्रतिशत र स्थानीय तहमा ३५ दशमलव ५ प्रतिशत सिट मात्र महिलाले पाएका थिए । संसारमा अहिलेपनि १०७ वटा त्यस्ता देश छन् जहाँ कहिल्यै महिला राष्ट्र प्रमुख भएका छैनन्।
५६ किसिमका कानुनी सुधार
२०१९ र २०२३ को बीच ५६ वटा सकारात्मक कानूनी सुधारहरू रेकर्ड गरिएको थियो। जसमा महिलाको राजनीतिक सहभागिताका लागि लैङ्गिक कोटा सिर्जना गर्ने, नागरिकता ऐनमा लैङ्गिक भेदभाव अन्त्य गर्ने, श्रम कानूनमा हुने भेदभावलाई न्यूनीकरण गर्ने, महिलाको सम्पत्तिको हकको प्रत्याभूति तथा घरेलु हिंसासम्बन्धी कानुनहरू समावेश छन्।
१२० देशमा कानून छैन
तथ्यांक उपलब्ध भएका १२० वटा देश मध्ये कुनै पनि देशमा भेदभाव र हिंसा रोक्न, विवाह र सम्बन्धविच्छेदमा समान अधिकार सुनिश्चित गर्न, समान पारिश्रमिक तथा यौन र प्रजनन स्वास्थ्य सेवाहरूमा पूर्ण पहुँचका लागि आवश्यक कानुन नभएको पाइयो ।
प्रतिक्रिया