पाँच देश, जहाँ बस्छन् सबैभन्दा धेरै करोडपति !
काठमाडाैं । हेन्ले एन्ड पार्टनर्स नामको बेलायती कम्पनीको एक रिपोर्ट अनुसार २०२३ मा १ लाख २० हजार करोडपति आफ्नो देश छोडेर अन्य देशमा बस्न गएका थिए । ती धनीहरूले सर्वाधिक रुचाएको पाँच वटा देश कुन हुन त ?
शीर्ष स्थानमा अष्ट्रेलिया
गत वर्ष सबैभन्दा बढी ५,२०० करोडपति आफ्नो देश छोडेर अष्ट्रेलियामा बसोबास गर्न गएका थिए। अष्ट्रेलिया निरन्तर धनीहरूको रोजाइमा पर्दै आएको छ। पछिल्ला दुई दशकमा ठूलो संख्यामा धनीहरू त्यहाँ बसोबास गर्न गएकाले यो संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
यूएई
युएई धनीहरूको दोस्रो ठूलो रोजाइ हो। २०२३ मा त्यहाँ ४,५०० जना बिदेसि करोडपतिहरूले घरहरू किनेका थिए जुन अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो। तीमध्ये अधिकांश भारतीय रहेको बताइन्छ ।
अमेरिका
धनीहरूमा अमेरिकाप्रतिको आकर्षण अझै पनि कायमै छ । गत वर्ष त्यहाँ २१ सय करोडपतिले बसोबास अनुमति लिए जस मध्ये अधिकांश एशियाका नव करोडपती थिए।
सिङ्गापुर
सिङ्गापुर धेरै वर्षदेखि धनीहरूको छनौटमा पर्दै आएको छ । २०२३ मा त्यहाँ ३,२०० करोडपति स्थाइ रुपमा बस्न गए । हेन्ले एन्ड पार्टनर्सका अनुसार १० लाख अमेरिकी डलर वा करिब १३ . ३० करोड रुपैयाँ बराबरको सम्पत्ति भएका व्यक्तिलाई करोडपति भनिन्छ।
स्विट्जरल्याण्ड
स्विट्जरल्याण्ड युरोपमा धनीहरूको सबैभन्दा रोजाईको छनौट हो । २०२३ मा त्यहाँ १,८०० करोडपतिहरू स्थाइ रुपमा बसोबास गर्न पुगेका थिए ।
प्रतिक्रिया