नेपालखोजले मनायो ५औं वार्षिकोत्सव
नेपालखोज
२०८१ असोज १७ गते १४:०६

काठमाडाैं । सरस्वती इभेण्ट्स प्रालिप्रालिद्वारा सञ्चालित नेपालखोजले आफ्नो ५औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार संस्थाका अध्यक्ष सुवास शर्मा र प्रधानसम्पादक सुवास ढकालले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेपालखोज डटकमले २०७६ असोज १७ देखि आफ्नो यात्रा आरम्भ गरेको थियो । नेपालखोजले नेपालीका साथै अंग्रेजी, प्रदेश र प्रवास संस्करणमार्फत समेत पाठकलाई समाचार, खेल, फिचर, अन्तरवार्ता, विश्लेषण, ब्रेकिङसहितका समाचार प्रसारित गर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया