बुधबार, जेठ १, २०८२

नेपालका यी प्रदेशबाट बहिरियाे मनसुन

नेपालखोज २०८१ असोज २० गते १८:३१

काठमाडौं । नेपालका केही भू-भागबाट यो वर्षको मनसुन बाहिरिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज आइतबार सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको महाशाखाले जनाएकाे हाे ।

महाशाखाले जारी गरेको बुलेटिनमा मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाइएकाे छ ।

नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ ।

नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

प्रतिक्रिया