प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

नेपालखोज २०८१ असोज २० गते २१:२८

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैङ्क लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट एक करोड, एनएमबी बैङ्कबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट र ५० लाख र मेटलाइफ इन्स्योरेन्सबा २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

प्रतिक्रिया