बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान
नेपालखोज
२०८१ असोज २१ गते १५:५०

जलेश्वर (महोत्तरी) । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका -८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ ।
जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु दुई लाख प्रदान गरेका हुन् । यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया