आइतबार, असार १५, २०८२

२१ जना भारतीयसँग ७० करोड मानिसको भन्दा बढी सम्पत्ति

नेपालखोज २०८१ असोज २१ गते १८:०२

वर्ल्ड इकोनोमिक फोरमको वार्षिक कार्यक्रम डाभोसमा सम्पन्न भएको छ । यसबीच अधिकारबादि संस्था अक्सफामले एक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा दिइएको तथ्यांकले भारतमा धनी र गरिबबीचको बढ्दो खाडलको आश्चर्यजनक चित्र प्रस्तुत गरेको छ ।

अक्सफामको उक्त प्रतिवेदनले देशको ६० प्रतिशत सम्पत्ति ५ प्रतिशत भारतीयसँग रहेको देखाएको छ । जबकि तल्लो ५० प्रतिशत जनतासँग देशको सम्पत्तिको ३ प्रतिशत भाग मात्र छ ।

कति भए अर्बपति ?

अक्सफामको रिपोर्ट ‘सर्भाइभल अफ द रिचेस्ट :द इन्डिया स्टोरी’ अनुसार सन् २०२२ मा भारतका धनी व्यक्तिको सम्पत्ति ४६ प्रतिशतले बढेको थियो ।

पैसाले पैसा तान्यो

सन् २०१२ देखि २०२१ सम्म भारतमा बढेको सम्पत्तिको ४० प्रतिशत धनी एक प्रतिशत मानिसको भागमा पर्यो जबकि तल्लो ५० प्रतिशत जनताले ३ प्रतिशत हिस्सा मात्र पाए ।

६४ नयाँ अरबपति

रिपोर्ट अनुसार भारतमा अर्बपतिको संख्या सन् २०२० मा १०२ बाट बढेर सन् २०२२ मा १६६ पुगेको थियो । भारतका टप १०० धनी व्यक्तिको कुल सम्पत्ति ८६ लाख करोड रुपैयाँ पुगेको छ । यो यति धेरै पैसा हो कि त्यसबाट डेढ वर्षको केन्द्रीय बजेट नै बनाउन सकिन्छ ।

दोब्बर भोकमरि

सन् २०१८ मा भोकमरीबाट पीडित भारतीयहरूको संख्या १९ करोड थियो, जुन २०२२ मा बढेर ३५ करोड पुग्यो । मृत्यु हुने ५ वर्ष मुनिका बालबालिकामध्ये ६५ प्रतिशत भोकमरी कै सिकार भए ।

अर्कातिर १० जना सर्वाधिक धनी भारतीयको कुल सम्पत्ति ४३ लाख करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि थियो । यो सम्पत्ति स्वास्थ्य तथा आयुष मन्त्रालयको ३० वर्षको बजेट, शिक्षा मन्त्रालयको २६ वर्षको बजेट र मनरेगा प्रोजेक्टको ३८ वर्षको बजेट बराबर हो ।

प्रतिक्रिया