आइतबार, असार १५, २०८२

मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

नेपालखोज २०८१ असोज २१ गते २२:०२

लन्डन । इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

ग्रिनविच मिनटाइम (जिएमटी) १५२५ (पेरिसमा साँझ ५ः२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेमबर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) दुई दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।

प्रतिक्रिया