संसारको सबैभन्दा ठूलो घडी

काठमाडाैं । २५ किलोमिटर टाढाबाट देखिनेसंसार कै सबैभन्दा ठूलो घडी कहाँ छ ? तपाईंले घरदेखि रेलवे स्टेशनसम्म जताततै घडी देख्नुभएको होला, तर सबैभन्दा ठूलो घडी कहाँ छ , थाहा छ ?
संसारको सबैभन्दा ठूलो घडी साउदी अरेबियाको मक्का शहरमा अवस्थित छ, जसलाई निर्माण गर्न १० वर्ष लागेको थियो । यसलाई अबराज अल बेट टावरको शीर्षमा स्थापित गरिएको छ । मक्का सहरमा रहेको सबैभन्दा ठूलो घडीको नाम ‘अबराज अल बेट क्लक’ हो जसलाई मक्का रोयल क्लक टावर पनि भनिन्छ।
गिनिज वल्र्ड रेकर्डमा
अबराज अल बेट घडीको नाम गिनिज वल्र्ड रेकर्डमा पनि लेखिएको छ र यसलाई २५ किलोमिटर टाढाबाट हेर्न सकिन्छ । १२० तल्लको अबराज अल बेट टावर १,९७२ फिट अग्लो छ । यो संसारकै तेस्रो सबैभन्दा अग्लो भवन हो ।
विश्वको पहिलो घडी ?
विश्वको पहिलो घडी सन् १५०५ मा आविष्कार भएको थियो जसलाई ‘पोमान्डर वाच अफ १५०५ ‘ भनिन्छ।
कति खर्च भयो ?
विश्वको सबैभन्दा ठूलो घडी २४ क्यारेट सुनले सजाइएको छ । यस्तो अवस्थामा घडीको डिजाइनमा कुल १९६ करोड रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया