बिहीबार, जेठ २, २०८२

बाढी, पहिरो तथा डुवान प्रभावितहरुलाई राहत सामाग्री तथा सामूहिक खाना

नेपालखोज २०८१ असोज २३ गते १४:१९

काठमाडौं । असोज १० गते रातिदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो तथा डुवानमा परेका काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका र पनौती नगरपालिका–११ बल्थलीका १ सय ५० घरपरिवारलाई सशस्त्र प्रहरी परिवार महिला संघले असोज २२ गते खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई तथा पनौती नगरपालिका–११ का वडा अध्यक्ष दिपेन्द्र लामालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी असोज २३ गते सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोट शितल चौतारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले बाढी, पहिरो तथा डुवानबाट प्रभावित घरपरिवारहरुको लागि आयोजना गरेको सामूहिक खानामा करीब ३ सय जना सहभागि भएका छन् ।

प्रतिक्रिया