नोबेल शान्ति पुरस्कार जापानी संस्थालाई दिने घोषणा

काठमाडाैं । जापानी संस्था निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । यो संस्थाले लामो समयदेखि आणविक हतियारको प्रयोगविरुद्ध अभियान चलाउँदै आएको छ ।
यो संस्था विश्वलाई आणविक हतियार मुक्त बनाउन प्रयासरत छ । यसले हिरोसिमा र नागासाकीमा भएको आणविक हमलामा बाँचेकाहरुसँग मिलेर यो अभियान चलाएको हो ।
संगठनले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक हमलाबाट बाँचेकाहरूलाई आफ्नो संगठनमा समेटेको छ र यिनीहरूलाई हिबाकुशा भनिन्छ ।
नोबेल शान्ति पुरस्कार जापानी संस्थालाई दिने घोषणा यस्तो समयमा भएको हो जब रुस–युक्रेन युद्ध , मध्यपूर्व र सुडानमा हिंसात्मक द्वन्द्व चलिरहेको छ ।
नोबेल शान्ति पुरस्कारका लागि कुल २८६ जना उम्मेदवार मनोनयनमा परेका थिए। सन् २०२३ मा नोबेल शान्ति पुरस्कार नरगिस मोहम्मदीलाई प्रदान गरिएको थियो । उनलाई इरानमा महिला उत्पीडन र अधिकारका लागि गरेको लडाइँका लागि यो सम्मान दिइएको हो ।
प्रतिक्रिया