मौसम : यी ३ प्रदेशमा आज वर्षा
नेपालखोज
२०८१ असोज २९ गते ५:४५

काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा पश्चिमी वायुको सामान्य प्रभाव छ । बाँकी प्रदेशहरूमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति कोशीको पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया