सातवटा समूहले कमाउँदा छवटाले गुमाए, सात अर्ब १९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से बढेको छ । अघिल्लो दिन ४३ दशमलव २२ अंकले बढेको नेप्से आज भने दुई दशमलव ४७ अंकले बढेर २७ सय ४५ दशमलव ३६ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले बढेर चार सय ९५ दशमलव ३० अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ८० हजार पाँच सय ९५ पटकको कारोबारमा एक करोड ८८ लाख सात हजार चार सय ९२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब १९ करोड २७ लाख ९२ हजार एक सय ६६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सातवटा समूहको सुचक बढेका छन् भने बाँकी समूहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ४२ अंकले बढेर १६ सय आठ दशमलव २४ अंकमा पुगेकोमा फाइनान्स समूहको सूचक पनि १७ दशमलव ६० अंकले बढेर ३४ सय ३७ दशमलव १९ अंकमा पुगेको छ ।
निर्जिवन बिमा समुहको सुचक पनि शुन्य दशमलव ७५ अंकले बढेर १३ हजार एक सय ९७ दशमलव १८ अंकमा पुगेकोमा लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् । विकास बैंक समुहको सुचक भने ३५ अंकले घटेर पाँच हजार एक सय ४० दशमलव ५५ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि चार दशमलव शून्य तीन अंकले घटेर ३३ सय १० दशमलव ६८ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि ३३ दशमलव १४ अंकले घटेर १३ हजार तीन सय ७० दशमलव ८१ अंकमा झरेकोमा होटल तथा पर्यटन, लघुवित्त र व्यापार समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा अपर स्याङगे हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने कुमारी बैंक लिमिटेड परेको छ ।
प्रतिक्रिया