शनिबार, जेठ ४, २०८२

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०८१ कार्तिक ४ गते ६:१२

काठमाडाैं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू*भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाहाखाले जनाएकाे छ ।

प्रतिक्रिया