एमालेकाे सचिवालय बैठक बस्दै

नेपालखोज २०८१ कार्तिक ४ गते ७:३७

काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् ।

बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् । अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया