राष्ट्र बैंकको लगानी प्रस्ताव, दुई अर्ब १९ करोड रुपैयाँ बैकिङ प्रणालीमा राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हा गरेको छ । राष्ट्र बैंकले मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।
उपदान तथा पेन्सन कोषमा रहेको रकम एक सय ८१ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८१ कात्र्तिक १४ गते देखि २०८२ बैशाख १५ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक आठ गते शुक्रबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि एक अर्ब ७५ करोड २० लाख, बिकास बैंकहरुको लागि ३२ करोड ८५ लाख र फाईनान्स कम्पनीहरुको लागि १० करोड ९५ लाख रुपैंयाँ तोकिएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया