‘पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजि, भाषण पीडितलाई भड्काउने काम’

काठमाडाैं । सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता र कार्यकर्ताले गरेकाे प्रदर्शमा आपत्ति जनाएकाे छ । पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजि, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडीत बचतकर्तालाई भड्काउने गरेको काम प्रति हामी घोर आपत्ती जनाउँदै समितिले पीडित बचतकर्तालाई भड्काउने काम गरेको पनि आराेप लगाएकाे छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै रास्वपा पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएकाे र पिटिएकाे भन्दै सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पिडीतको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले सहकारी पीडित झनै शसंकित भएकाे बताएकाे छ ।
विज्ञप्तीमा भनिएकाे छ, ‘आज हामी सहकारी पिडितको यो गम्भीर विषयमाथि फेरि एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको छ, यदि साचिक्कै पीडितलाई राहात र न्याय दिने हेतु थियो भने बिगत २ बर्षदेखि यो पार्टीका नेताले के हेरी बस्नु भयो, बिगत १० महिना अधि नै उहाको पार्टी सभापति बिरुद्ध परेको किटानि जाहेरीको बिषयमा के हेरीरहनु भयो, किन कहिल्यै पिडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ।’ समितिले प्रश्न गरेकाे छ ।

प्रतिक्रिया