स्टेच्यू अफ लिवर्टीको स्थापना दिवस

आज २८ अक्टोबर, आजको १३८ वर्ष अगाडि सन १८८६ मा अमेरिकी शहर न्यूयोर्कको बेडलोज टापु (Bedloe’s Island) मा फ्रान्सेली जनताको तर्फबाट उपहारमा प्राप्त गरिएको स्वतन्त्रताको देवी लिवटिसको भव्य मुर्ति स्थापित गरिएको थियो । यस कार्यक्रममा अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्डको उपस्थिति थियो । क्लोभल्याण्ड अमेरिकाको बाइसौ र चौबिसौ गरि दुइ पटक राष्ट्रपति भएका थिए ।
फ्रांसिली वास्तुकार यूजेन इमानुएल विओले ले दुक तथा एलेक्जेंडर गुस्तोव एफिल दुई जनाको संयुक्त मेहनतले तैयार गरिएको थियो । यो मुर्ति स्थापना भएको एक वर्ष पछि एलेक्जेंडर गुस्तोव एफिलले एफिल टावरको पनि डिजाइन गरेका थिए । उनकै नाममा यो टावर फ्रान्सको पेरिस शहरमा खडा छ ।
बेडलोज टापु कुनै बेला इसाक बेडलोको निजी सम्पती थियो । त्यसैले यो टापुको नाम नै बेडलोको टापु (Bedloe’s Island) रहन गयो । यही टापुमा फ्रान्सेली उपहारको मूर्ति स्थापना गरिएको धेरैपछि यो टापुको नाम लिवर्टी आइलैण्ड राखियो । रोमन स्वतन्त्रताको देवी लिवटिसको एक हातमा मशाल बोकेकी छिन भने अर्को हातले किताब च्यापेकी छन् । उनले बोकेको कितावमा रोमनमा ६ जुलाई १७७६ लेखिएको छ ।
जुन मिति अमेरिकी राज्य गठन भएको मिति हो । यस मूर्तिमा तामाको परत चढ़ाईएको छ । यस मुर्ति तैयार बनाउन ९ वर्ष भन्दा बढी समय लागेको थियो । सम्पूर्ण रुपमा मुर्ति फ्रान्समा तैयार गरिए पछि पानीजहाजबाट यस टापुमा ल्याई पून जोडिएको थियो । यस मुर्तिको उचाइ ४६ मीटर तथा आधार स्तम्भ सहित ९३ मीटर रहेको छ । यस मुर्तिको सम्पूर्ण वजन २०४ टन रहेको छ । जसमा तामा २७.२२ टन तथा स्टील ११३.४ टन रहेको छ । यस मुर्ति भित्र ३५९ सिढी तथा २५ वटा झ्याल रहेको छ ।
यस Statue of Liberty मा दैनिक सरदर १२००० भन्दा बढी भ्रमणको लागि आउने गर्दछन् । तस्बिरमा देखिएको Statue of Liberty को शिर मात्रै हो । अमेरिकामा लैजानु अगाडि फ्रान्सको पेरिसमा प्रदर्शनको लागि राखिएको देख्न सकिन्छ । यस शिरमा लिवर्टीको नाक ४.५ फुटको छ । दुई आँखा बिचको दुरी २.५ फुट छ । कान देखि कान सम्मको मोटाई १० फुटको छ । मुखको चौडाइ ३ फुटको छ । चिउँडो देखि तालुसम्मको लम्बाई १७ फुट ३ इन्च छ ।
प्रतिक्रिया