२७ अंकले बढ्दा पाँच अर्ब ३४ करोडको शेयर किनबेच

काठमाडाैं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन नौं दशमलव १९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २७ दशमलव ४१ अंकले बढेर २६ सय ४५ दशमलव ३६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १४ अंकले बढेर चार सय ७२ दशमलव ९५ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ५८ हजार पाँच सय ५२ पटकको कारोबारमा एक करोड चार लाख १८ हजार नौं सय २६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३४ करोड ४८ लाख नौं सय १२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव १८ अंकले बढेर १५ सय आठ दशमलव ८१ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ८१ दशमलव शुन्य एक अंकले बढेर ५२ सय ३२ दशमलव शुन्य नौं अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि एक सय १६ दशमलव ६८ अंकले बढेर ३४ सय ८४ दशमलव ६२ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ५१ दशमलव शुन्य आठ अंकले बढेर ३२ सय ७९ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव ६५ अंकले बढेर १३ हजार ६२ दशमलव ४३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव ९५ अंकले बढेर १२ हजार सात सय ३९ दशमलव २९ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया