पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ
नेपालखोज
२०८१ कार्तिक २१ गते ९:०२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुईजना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया