उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाकाे बैठक बस्दै
नेपालखोज
२०८१ कार्तिक २४ गते ७:३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय बालाजुमा बस्ने बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छाैँ ।’
सह–महामन्त्री बुर्लाकोटीले भने, ‘बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’
सम्बन्धित
प्रतिक्रिया