बलिउडमा ऐतिहासिक बिषयका चलचित्र
भारतमा बनेको पहिलो फिल्म राजा हरिश्चन्द्र (१९१३) दादासाहेब फाल्केले बनाएका थिए । यो ४० मिनेटको ऐतिहासिक बिषयको मौन फिल्म थियो ।अहिले केही वर्षयता बलिउडमा ऐतिहासिक विषयमा चलचित्र बनाउने चलन बढेर गएको छ ।
हेरौं हिन्दी सिनेमाका १० ऐतिहासिक पृष्ठभूमिका चलचित्रको सुचि :
सिकन्दर – सोहराब मोदीद्वारा निर्देशित १९४१ को यो फिल्ममा सिकन्दरले फारस र काबुल उपत्यका जितेर भारतीय सीमामा पुगेको कथा समेटिएको छ । फिल्ममा सिकन्दरको भूमिका पृथ्वीराज कपूरले निर्वाह गरेका थिए ।
मुगल-ए-आजम- सन् १९६० को फिल्म ‘मुगल-ए-आजम’ के. आसिफले निर्देशन गरेका हुन् । यो चलचित्र सलिम र अनारकलीको प्रेममा आधारित छ । यसमा पृथ्वीराज कपूरले अकबरको भूमिका निर्वाह गरेका थिए भने दिलीप कुमारले सलीमको भूमिका निर्वाह गरेका थिए । मुगल-ए-आजममा मधुबाला अनारकलीको भूमिकामन थिईन ।
रजिया सुल्तान- निर्देशक कमल अमरोहीले बनाएको फिल्म रजिया सुल्तानमा हेमा मालिनी, परवीन बाबी र धर्मेन्द्र मुख्य भूमिकामा थिए ।
गान्धी – फिल्म गान्धी १९८२ मा रिलीजभएको थियो । महात्मा गान्धीको जीवनकथामा आधारित यो चलचित्रमा बेन किङ्स्लेले गान्धीको भूमिका निर्वाह गरेका थिए । रिचर्ड एटेनबरोको निर्देशनमा तयार पारिएको यो फिल्म भारतीय र बेलायती निर्माता कम्पनीहरूको संयुक्त फिल्म थियो ।
द लिजेन्ड अफ भगत सिंह – भगत सिंहको जीवनमा आधारित द लिजेन्ड अफ भगत सिंह सन् २००२ मा रिलिज भएको थियो। राजकुमार सन्तोषीले निर्देशन गरेको यो फिल्ममा अजय देवगनले क्रान्तिकारी भगत सिंहको भूमिका निर्वाह गरेका थिए ।
जोधा अकबर – ऋतिक रोशन र ऐश्वर्या राईको यो फिल्म अकबर र जोधबाईको प्रेमकथामा आधारित थियो । कतिपयले यो फिल्मको ऐतिहासिक प्रामाणिकतामा प्रश्न पनि उठाएका थिए र फिल्मको कडा विरोध भएको थियो ।
बाजीराव मस्तानी – सन् २०१५ मा सञ्जय लीला भन्सालीद्वारा निर्देशित बाजीराव मस्तानी, पेशवा बाजीराव र मराठा साम्राज्यकी मस्तानीको कथामा आधारित फिल्म थियो । यो चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह तथा प्रियंका चोपडा मुख्य भूमिकामा थिए ।
पद्मावत – दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर सञ्जय लीला भन्साली द्वारा निर्देशित २०१८ को फिल्म पद्मावतको मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मको नाम विवादका कारण पद्मावतीबाट ‘पद्मावत’ राखिएको हो ।
मणिकर्णिका : झाँसीकी रानी – कंगना रणावतले २०१९ मा रिलिज भएको ऐतिहासिक पृष्ठभूमिको फिल्म मणिकर्णिकामा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्मलाई निर्देशक राधाकृष्ण र कंगना स्वयंले निर्देशन गरेका हुन् ।
तानाजी : द अनसंग वारियर – ओम राउत द्वारा निर्देशित २०२० को फिल्म तानाजी महाराष्ट्रको कोन्धना जिल्लाका लागि शिवाजीको सुबेदार तानाजी र मुगल सल्तनत जनरल उदयभान बीचको युद्धमा आधारित छ । यो चलचित्रमा अजय देवगन, सैफ अली खान र काजोलले अभिनय गरेका थिए ।
प्रतिक्रिया