शुक्रबार, चैत १६, २०८०

अभिनेत्रीहरूसँग कति छ सम्पत्ति ?

नेपालखोज २०७८ पुष २९ गते १५:४१

काठमाडौं । अहिले बलिउड अभिनेत्रीहरूले कमाइको मामिलामा नायकहरूलाई समेत टक्कर दिन थालेका छन् । पहिले नायक तथा नायिकाक‍ो बीच देखिने पारिश्रमिक रकम बीचको ठूलो अन्तर पनि अहिले कम हुँदै गएको छ । बलिउडमा चलेका कतिपय अभिनेत्रीहरू अहिले एउटा चलचित्रमा काम गरे बापत २० करोडभन्दा बढी पारिश्रमिक माग्न थालेका छन् । यसक्रममा उनीहरूले बिज्ञापन तथा शोहरूबाट कमाउने रकम पनि उत्तिकै हुन्छ । यसले गर्दा बलिउडका कतिपय अभिनेत्रीहरू अहिले अर्बपति भइसकेका छन् । हेरौं बलिउडका सर्वाधिक धनी अभिनेत्रीहरु र उनीहरुसँग भएको सम्पत्ति :

प्रियंका चोपडा
हलिउडमासमेत पहिचान बनाइसकेकी प्रियंका चोपडाले चलचित्रका अतिरिक्त फेसन ब्रान्ड, हेयर प्रोडक्ट तथा रेस्टोरेन्ट बिजनेसबाट राम्रै आय आर्जन गर्छिन् । प्रियंका बलीवुड फिल्मका लागि १० देखि १५ करोड रुपैयाँ लिन्छिन्।

करिना कपूर
करिना कपूर खानसँग ६७५ करोड बराबरको सम्पत्ति छ । उनी हर फिल्मबाट १२ देखि १८ करोड रुपैयाँ लिन्छिन् । करिना पुमा, नेटमेड्स, फुड ओयल, ब्युटी प्रोडक्ट जस्ता उत्पादनसँग पनि जोडिएकी छिन् ।

दीपिका पादुकोण
दीपिका पादुकोणको नेटवर्थ ३७५ करोड रुपैयाँभन्दा माथि छ । उनी एउटा चलचित्रमा काम गरे बापत २० देखि २५ करोड रुपैयाँ माग गर्छिन् ।

कटरीना कैफ
कटरीना कैफसँग ३५० करोड बराबरको सम्पती छ । फिल्म र विज्ञापनका अतिरिक्त उनको नामको के-ब्युटी ब्रान्डसमेत छ । यो ब्युटी प्रोडक्ट ब्रान्ड हो जसका उत्पादन निकै रुचाइन्छ ।

ऐश्वर्या राय
यो वर्ष चलचित्र पोन्नियन सेल्वन मा देखा पर्न लागेकि ऐश्वर्या राय भारतकी सर्वाधिक धनी अभिनेत्री मध्ये एक हुन् । ऐश्वर्या अहिले चलचित्रमा अभिनय गरे बापत ८-९ करोड लिन्छिन । चलचित्रमा कम देखा परे पनि उनी थुप्रै ब्युटी ब्रान्डसँग जोडिएकी छिन् ।

काजोल
एक जमानाकी हिट अभिनेत्री काजोलको वार्षिक आम्दानी करिब २० करोड रुपैयाँ छ । काजोल एउटा चलचित्रमा काम गरे बापत ६.५ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । काजोलले मुम्बईमा आफ्नो अपार्टमेन्ट भाडामा लगाएकी छिन जसबाट पनि उनको कमाई हुन्छ ।

अनुष्का शर्मा
चकदा एक्सप्रेस बाट एक्टिङमा कमब्याक गर्न लागेकी अनुष्का शर्माको नेटवर्थ ३५० करोड रुपैयाँभन्दा माथि छ । अनुष्का रजनिगन्धा , पर्ल्स, रेमन्ड , निभिया आदि कैयन उत्पादनसँग आबद्ध छिन् । अनुष्का कुनै पनि ब्रान्डको इन्डोर्समेन्ट बापत करोडौं चार्ज गर्छिन् ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया