मंगलबार, असार २४, २०८२

टी-२० विश्वकप एसिया छनोट : जित्नैपर्ने दबाब यूएईसँग भिड्दै नेपाल

नेपालखोज २०८१ कार्तिक २८ गते ९:५१

काठमाडाैं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले यूएईसँग भिड्दै छ । यूएईको अजमानमा दिउँसो सवा तीन बजे हुने खेलमा विश्वकप छनोटको निर्णायक खेलका रूपमा रहेको यस खेल नेपाल जित्नैपर्ने दबाब मैदानमा उत्रँदै छ ।

यसअघिको पाँच खेलमध्ये नेपाल चार खेलमा विजयी भएको छ । यू-१९ महिला टी-२० विश्वकप जित्नको लागि नेपालले आजको खेज जसरी पनि जित्नैपर्ने हुन्छ ।

पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनको पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले चौथो खेलमा थाइल्यान्ड र पाँचौं खेलमा कुवेतलाई क्रमशः १०६ र १६५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया