किन सकेन राष्ट्र बैंकले अधिक तरलता नियन्त्रण गर्न ?

नेपालखोज २०८१ कार्तिक २८ गते १३:०३

काठमाडौं । अधिक तरलता नियन्त्रणमा राख्नको लागि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ५० अर्ब रुपैंयाँ तान्ने भएको छ। यही कातिर्क २८ गते अर्थात आज बुधबार राष्ट्र बैंकले निक्षेप संंकलन उपकरण बिक्री गरेर उक्त परिमाणमा निक्षेप रकम तान्न लागेको हो । आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ ।

परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर १९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया