छ लाख नगदसहित १३ जना पक्राउ
नेपालखोज
२०८१ कार्तिक २९ गते ८:२९
तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।
स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो ।
खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया