सातामा ४७ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ४८ दशमलव ७८ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८६ दशमलव शून्य तीन बिन्दुुमा कायम भएको छ ।
धितोपत्र बजारमा यस साता तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार चार लाख ७६ हजार पाँच सय ९१ पटकको कारोबारमा १० करोड आठ लाख ४१ हजार दुई सय १३ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४७ अर्ब १७ करोड ८३ लाख ७९ हजार आठ सय ८४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ३९ अर्ब रुपैयाँले बढी हो ।
धितोपत्र बजारमा गत साता तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख दुई हजार सात सय ५३ पटकको कारोबारमा दुई करोड १३ लाख १४ हजार पाँच सय ९९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम नौं अर्ब ४२ करोड ७९ लाख ९२ हजार ८८ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौ दिन उकालो लागेको नेप्से बाँकी दुई कार्य दिन भने ओरालो लागेको थियो ।
दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ६२ दशमलव ५४ अंकले उकालो लागेर २७ सय ३८ दशमलव शून्य छ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ९१ अंकले उकालो लागेर चार सय ८७ दशमलव १० बिन्दुमा चढेको थियो ।
दोस्रो कारोबार दिन सोमबार पनि बजार परिसुचक नेप्से २२ दशमलव १४ अंकले उकालो लागेर २७ सय ६० दशमलव २१ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव ७२ बिन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक नेप्से ११ दशमलव २४ अंकले ओरालो लागेर २७ सय ४८ दशमलव ९६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ७८ बिन्दुमा झरेको थियो ।
यसैगरी चौंथो कारोबार दिन पनि बजार परिसुचक नेप्से १४ दशमलव १२ अंकले ओरालो लागेर २७ सय ३४ दशमलव ८३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शून्य आठ अंकले ओरालो लागेर चार सय ८३ दशमलव ६९ बिन्दुमा झरेको थियो ।
पाँचौं कारोबार दिन भने बजार परिसुचक नेप्से १३ दशमलव ९५ अंकले उकालो लागेर २७ सय ४८ दशमलव ७८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३३ अंकले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीन बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा जानकी फाइनान्स, गुडविल फाइनान्स आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा गुडविल फाईनान्स, एनआईसी एशिया बैंक अगाडि देखिएका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया