‘संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने छ’

नेपालखोज २०८१ मंसिर १ गते २०:४३

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका छन् ।

थारु कल्याणकारिणी सभाको २३औँ महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै उनले हाल संविधानका आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार रहेको पनि बताए ।

थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रूपमा समाप्त गर्न नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने उनले प्रतिबद्धता जनाए । थारु समुदायमाथि अब कुनै प्रकारको विभेद नहुने उनको भनाइ थियो । उक्त महाधिवेशन यही मंसिर ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी सभाले जनाएको छ । 

प्रतिक्रिया