कार्यसम्पादनतर्फ आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सम्मानित, थप उत्कृष्ट बनाउने प्रमुख आचार्यकाे भनाइ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वर सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आज आन्तरिक राजस्व विभागले गरेको सम्मान कार्यक्रममा कार्यालय सम्मानित भएको हो ।
समग्र कार्यसम्पादन समेतका आधारमा ए प्लस ग्रेडिङ्ग प्राप्त गर्न सफल भएकोमा उक्त कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यलाई अर्थमन्त्री विष्णु पौडेलले प्रशंसा–पत्र प्रदान गरेका हुन् ।
आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षको राजस्व संकलनको लक्ष्यको तुलनामा उक्त कार्यालयले १०४ प्रतिशत उपलब्धी हासिल गरेको थियो । उक्त प्रशंसा–पत्र प्राप्तिसँगै आगामी दिनमा कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउने प्रमुख आचार्यले बताए ।
कार्यक्रममा अन्य आन्तरिक राजस्व कार्यालयहरुमा भद्रपुर तथा इटहरी तथा करदाता सेवा कार्यालयतर्फ तौलिहवा, दिक्तेल र पुतलीबजारका कार्यालयलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया