शनिबार, असार २१, २०८२

देश छोडेर धनी देशमा बसाइँ सर्नेहरू

नेपालखोज २०८१ मंसिर २ गते १४:००

काठमाडौं । भारत आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) का सदस्य राष्ट्रहरूमा अध्यागमनको सबैभन्दा ठूलो स्रोत भएको छ । भारतीय जनतामा आफ्नो देश छोडेर बिदेस बस्ने क्रेज निकै देखिन्छ ।

लाखौं मानिसले भारत छाडे

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले हालसालै अन्तर्राष्ट्रिय अध्यागमन रिपोर्ट जारी गरेको छ जसमा धनी देशहरूतर्फ पलायन हुने विश्वव्यापी प्रवृत्तिको विवरण समेटिएको छ । यो रिपोर्टका अनुसार २०२२ मा भारत आप्रवासनको सबैभन्दा ठूलो स्रोत साबित भएको छ ।

एक वर्षमा ३० प्रतिशतको बृद्धी

२०२२ मा ५.६ लाख भारतीय नागरिक धनी देशहरूमा बसाइँ सरेका थिए । यो २०२१ को तुलनामा ३० प्रतिशत बढी हो भने धनी देशहरूमा हुने कुल आप्रवासनको लगभग आठ प्रतिशत हो ।

बेलायतको आकर्षण बढ्यो

देस छोडनेहरुमध्ये १,२५,००० भारतीय नागरिकले अमेरिका, १,१८,००० ले क्यानाडा र १,१२,००० ले बेलायत रोजेका थिए । बेलायतमा बसाइँ सर्नेहरुको संख्या २०२१ को तुलनामा दोब्बरले बढेको छ भने अमेरिका जानेहरु संख्या ३५ प्रतिशतले बढेको छ । यसैगरी क्यानाडामा बसाइँ सर्नेहरूको संख्या आठ प्रतिशतले घटेको छ ।

नागरिकता लिने क्रममा पनि अगाडि

१.९ लाख भन्दा बढी भारतीय नागरिकले सन् २०२२ मा अर्को देसको नागरिकता लिए । यो २०२१ को तुलनामा ४० प्रतिशतले बढि थियो । यसको अर्थ बिदेसको नागरिकता लिने मामिलामा पनि भारतीयहरू अग्रपंक्तिमा छन् ।

चीन दोस्रो नम्बरमा

अध्यागमनको यो दौडमा भारतपछि चीन दोस्रो स्थानमा छ । सन् २०२२ मा चीनबाट ३.२६ लाख मानिस ओईसीडी देशमा बसाइँ सरेका थिए । यस क्रममा रुसबाट हुने पलायन अझ अचम्मको छ । सन् २०२२ मा २.६८ लाख रूसी नागरिकले धनी देशहरूमा बसाइँ सर्न आफ्नो देश छोडे जसका कारण रूस य‍ो सूचीको १८ नम्बरबाट तेस्रो नम्बरमा पुग्यो ।

रुसीहरूको रोजाइ इजरायल र जर्मनी

टर्की, इजरायल र जर्मनी रुसी आप्रवासीहरूको रोजाईको गन्तव्य साबित भए । चौथो नम्बरमा रोमानियाका नागरिक छन् जसले जर्मनी, स्पेन र इटालीलाई सबैभन्दा बढी छनोटमा राखेका छन् ।

प्रतिक्रिया