शनिबार, वैशाख १३, २०८२

एक्सन, क्राइम र थ्रिलरले भरिपूर्ण दक्षिण भारतीय वेब सिरिज 

नेपालखोज २०८१ मंसिर २ गते १४:२०

काठमाडौं । मानिसहरुमा दक्षिण भारतिय फिल्मको क्रेज छ । अल्लु अर्जुनको फिल्म होस् वा नागा चैतन्यको फिल्म तीनले अहिले पुरै संसार हल्लाउँछन् । यदि तपाई पनि दक्षिण भारतिय फिल्म र सिरिज मनपराउनु हुन्छ भने हामी तपाईलाई केहि उत्कृष्ट शोका बारेमा बताउँछौं जसमा तपाईले क्राइमदेखि थ्रिलर र एक्शनसम्म धेरै कुरा हेर्न पाउनुहुनेछ ।

यी सिरिज हाम्रो मन – मस्तिष्क हल्लाउन सफल पनि छन् ।

नाईन आवर्स

यो वेब सिरिज सन् २०२२ मा आएको थियो जसमा मधु शालिनी, प्रीति असरानी, ​​पार्वती निर्बाण, तारक रतन, अंकित कोया र ज्वाला कोटी लगायतका धेरै स्टारले काम गरेका छन् । यो शृङ्खला एउटा सर्वाइवल थ्रिलर हो जसमा सहरका विभिन्न क्षेत्रमा रहेका तीनवटा बैंक एकै दिन र एकै समयमा कसरी लुटिन्छ भन्ने कुरा हेर्न पाइन्छ । यो शृङ्खलाले नचाहेरै पनि मनी हाइस्टको सम्झना दिलाउँछ । यो शृङ्खला ओटीटी प्लेटफर्म हटस्टारमा सजिलै उपलब्ध हुन्छ ।

केरल क्राइम फाइल्स

सन् २०२३ मा रिलिज भएको अहमदको निर्देशनमा बनेको यो सिरिजलाई मानिसहरुले निकै रुचाएका थिए । यो श्रृंखलाको कथा हत्याको वरिपरि घुमेको छ । यो शृङ्खला डिज्नी प्लस हटस्टारमा हेर्न पाइन्छ ।

लक्ड

२०२० मा आएको यो शृङ्खला हेरेपछि आत्मा नै काँप्छ किनभने यसको कथा त्यस्तो व्यक्तिमा केन्द्रित छ जो पेशाले डाक्टर हो तर मानिसको हत्या गर्छ । यो साइको-थ्रिलर शृङ्खला मूल रूपमा तेलुगु भाषामा छ, तर प्रशंसकहरूले ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा यसको हिन्दी डब्ड संस्करण सजिलै हेर्न पाउनुहुन्छ ।

सुजल

सस्पेन्स र थ्रिलर बिधाको यो शृङ्खलाले जोसुकैको मन छुन्छ । तमिल भाषामा बनेको यो सिरिजको हिन्दी संस्करण प्राइम भिडियोमा हेर्न सकिन्छ । यसको कथा अनुसार एउटा सिमेन्ट कारखानामा आगलागी हुन्छ र एक केटी पनि शहरबाट बेपत्ता हुन्छे र उसको हत्या हुन्छ । त्यसपछि यो शृङ्खलामा आउने ट्विस्ट देखेर छक्क परिन्छ ।

धुता

प्राची देसाई र नागा चैतन्य अभिनीत यो शृङ्खलाले हामिलाई सोच्न बाध्य पार्नेछ । भविष्यमा हुने घटनाका बारेमा एउटा व्यक्तिलाई सबै कुरा थाहा हुन्छ तर त्यसमा आउने ट्विस्ट र टर्नले हाम्रो दिमाग नै उथलपुथल हुन्छ । यो शृङ्खला प्राइम भिडियोमा सजिलै हेर्न सकिन्छ ।

प्रतिक्रिया