अन्तिम नामावली प्रकासन र निर्वाचन चिह्न प्रदान गरिँदै
नेपालखोज
२०८१ मंसिर ५ गते ७:५३
काठमाडौं । स्थानीय तह उप-निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।
बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ ।
सम्बन्धित

प्रतिक्रिया