नौं अंकले बढ्दा सात अर्ब नौं करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ५१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने नौं दशमलव शुन्य नौं अंकले बढेर २७ सय ११ दशमलव ७५ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले बढेर चार सय ७८ दशमलव ५० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार तीन सय तीन पटकको कारोबारमा एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब नौं करोड २८ लाख ७९ हजार नौं सय ४६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९८ अंकले घटेर १५ सय तीन दशमलव ३० अंकमा झरेकोमा जीवन बीमा समुहको सुुचक पनि २४ दशमलव ६२ अंकले घटेर १३ हजार दुई सय २५ दशमलव ५० अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ४४ अंकले घटेर १३ हजार ११ दशमलव शुन्य एक अंकमा झरेकोमा उत्पादनमुलक र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव २१ र एक दशमलव ६३ अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने आज एक सय ८६ दशमलव ५४ अंकले बढेर पाँच हजार सात सय दुई दशमलव २४ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ६० दशमलव २७ अंकले बढेर तीन हजार छ सय ७४ दशमलव ८९ अंकमा चढेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ९९ अंकले बढेर तीन हजार पाँच सय ३८ दशमलव ५८ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः ३१ दशमलव २५, शुन्य दशमलव २१, चार दशमलव शुन्य नौं, शुन्य दशमलव शुन्य आठ र नौं दशमलव ६४ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेडं पहिलो स्थानमा परेकोे छ ।
प्रतिक्रिया