निकै चर्चामा रहेको भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी भ्रमण

सुनिल उलक २०८१ मंसिर ६ गते १२:०३

काठमाडौं । एक समय निकै चर्चामा रहेको थियो भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी जुन बेला विदेश मन्त्रीका रूपमा राजा वीरेन्द्रलाई भेट्न नारायणहिटी दरबार पुग्दा राजा वीरेन्द्रको पाउ छोएर ढोगेका थिए भनिन्छ । यस क्षणको कुनै तस्बिर नभेटिए पनि यसको चर्चा भने समय समयमा हुने गर्दछ ।

बि.सं. २०३४ साउन २ गते भारतीय विदेश मन्त्रीको रूपमा नेपाल भ्रमणमा अटल विहारी नेपाल आएका थिए । सो समय राजाले कूटनैतिक मर्यादाका कारण हात मिलाए पुग्छ भन्दै पाउ छोएका अटललाई उठाएर हात मिलाएका थिए । त्यति बेला उनले राजा सामु, स्वधर्म, सत्य, न्याय र निष्ठाको पक्षमा अटल रहनेको पक्षमा यो अटल पनि अटल नतमस्तक छ भनेका थिए । सो समय किरण चित्रकारले तस्बिर खिचिएको भनिए पनि सो समय राजाले नै सो तस्बिर सार्वजनिक नगर्न लगाएका थिए भनिन्छ । शायद कुनै बेला त्यो तस्बिर बाहिरिन पनि सक्छ ।

तर त्यो समय अटल विहारी बाजपेयीले राजाको पाउ छुनुको पमुख कारण एक मात्र हिन्दु राजा हुनुको कारणले नै हो । दोस्रो अटल विहारी बाजपेयी, नेपालकी छोरी तथा ग्वालियरका महारानी विजया राजे सिन्धियाको दरवारमा पुजारीका रूपमा सुरुवाती कालमा रहेका थिए । भारतीय राजनीतिमा आउनु अगाडि बाजपेयी हिन्दु मन्दिरमा पुजारी थिए ।

पहिलो पटक गोण्डा जिल्लाबाट लोकसभामा पुगेका उनलाई पछि सन १९८४ मा ग्वालियरबाट नै भारतीय जनता पार्टीको तर्फबाट चुनावमा उठाइएको थियो । त्यही समय काँग्रेसले राजमाताका छोरा माधवराम सिन्धियालाई उम्मेदवार बनाएको थियो । अनन्त राजमाताले विपक्षी दलमा लागेका छोरालाई भन्दा आफ्नो दलमा रहेका अटललाई धर्म छोराका रूपमा साथ दिए र चुनाव पनि जिते । यसरी राजमाताको छत्रछायामा सधैँ रहेका अटल विहारी नेपालका हिन्दु राजा प्रति पनि निकै नतमस्तक रहेका थिए ।

प्रतिक्रिया