१३ अंकले घट्दा सात अर्ब ७२ करोडको शेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आज १३ दशमलव शुन्य तीन अंकले घटेर २६ सय ६७ दशमलव ४० अंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले घटेर चार सय ७१ दशमलव २० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ७६ हजार चार सय १८ पटकको कारोबारमा एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक ४६ दशमलव शुन्य दुई अंकले बढेर छ हजार सात सय ८७ दशमव २८ अंकमा पुगेको छ भने लगानी समुहको सुचक शुन्य दशमलव शुन्य नौं अंकले बढेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले घटेर १४ सय ८१ दशमलव ४९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ९२ अंकले घटेर पाँच हजार पाँच सय २६ दशमलव १९ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि १३ दशमलव २८ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव १५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ५३ अंकले घटेर तीन हजार चार सय ९१ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ६३ अंकले घटेर १२ हजार नौं सय ७१ दशमलव ७१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २२ दशमलव ३८ अंकले घटेर १२ हजार आठ सय ३७ दशमलव ६४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ३३ दशमलव २०, ४८ दशमलव ४९, शुन्य दशमलव शुन्य दुई, १४ दशमलव ५४ र दुई दशमलव ६५ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेञ्चुरी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने जानकी फाईनान्स परेको छ ।
प्रतिक्रिया