परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत
नेपालखोज
२०८१ मंसिर १० गते १९:३५
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले बताए ।
उनका अनुसार परराष्ट्र मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन् । परराष्ट्र मन्त्रीको टोलीमा रहने व्यक्तिहरूको भ्रमण पनि स्वीकृत गरिएको मन्त्री गुरुङले बताए ।
सम्बन्धित

प्रतिक्रिया