एनपीएल : विराटनगरविरुद्ध जनकपुरकाे जित
नेपालखोज
२०८१ मंसिर १५ गते १५:३९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बाेल्ट्सले विजय सुरुवात गरेकाे छ । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको हाे ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरकाे जितमा लाहिरु मिलानथले अविजित अर्धशतक प्रहार गरे। उनले ५३ बलमा ९ चाैका र ६ छक्काकाे मद्दतमा ७५ रन प्रहार गरे।
त्यस्तै हर्ष ठकरले ३३ बलमा २९ रन प्रहार गरे । ओपनर आशिफ शेख शून्य तथा कप्तान अनिस साह ५ रनमा आउट भए ।राटनगरका क्रिक साेल र प्रतिश जिसीले १-१ विकेट लिए।
सम्बन्धित

प्रतिक्रिया