उपनिर्वाचन : महाबुमा एमाले, गढी–६ मा कांग्रेस, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ ।
महाबुमा एमाले
दैलेख : दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा ९एमाले०का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
गढी–६ मा कांग्रेस
इनरुवा : सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेका छन् । भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए ।
डाक्नेश्वरी १ र ४ मा जसपा
सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
सुर्मा–४ मा कांग्रेस
बझाङ स् सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया