आइतबार, वैशाख १४, २०८२

चार अर्ब चार करोड ७९ लाख रुपैयाँ बैंक तथा फाईनान्सको मुद्धती निक्षेपमा राखिने

नेपालखोज २०८१ मंसिर १७ गते १४:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार अर्ब चार करोड ७९ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि डिसेम्बर १६, २०२४ देखि डिसेम्बर १६, २०२५ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १९ गते बुधबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि तीन अर्ब २३ करोड ८५ लाख, बिकास बैंकहरुको लागि ६० करोड ७१ लाख र फाईनान्स कम्पनीहरुको लागि २० करोड २३ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया