बुधबार, वैशाख १२, २०८१

अर्बपतिबाट रोडपति !

नेपालखोज २०७९ वैशाख ३० गते १६:०९

काठमाडौं । भारतमा अर्बपतिहरुको कमी छैन । फोर्ब्सले जारी गरेको भारतका १० सर्वाधिक धनीमा मुकेश अम्बानी, गौतम अडानी, शिव नाडरसहित कैंयन अर्बपति समेटिएका छन् । केही वर्ष पहिलेसम्म भारतका धनीहरुको सूचीमा अनिल अम्बानी, विजय माल्या, निरव मोदी जस्ता अर्बपतिहरुको नाम हुन्थ्यो । यद्यपि समयले पल्टा खायो ।

अहिले यी करोडपति रोडपति भइसकेका छन् । केही वर्ष पहिलेसम्म यिनीहरु दैनिक करोडौंको व्यापार गर्थे र लाखौं कमाउँथे, तर आज उनीहरु १-१ रुपैयाँ का लागि तड्पिरहेका छन् । केहीसँग थोरै पैसा भएपनि उनीहरु कर्जामा डुबेका छन् । उनीहरुक‍ो कुल सम्पत्तिभन्दा बढी ऋण छ । जुलाई २०२१ सम्म बैंकहरुले विजय माल्या, निरव मोदी र मेहुल चोकसीको सम्पत्ति बिक्री गरेर १३,१०९ करोड भारु असुल गरेका थिए । त्यसपछि अहिले उक्त असुली १८,००० करोड भारु पुगिसकेको छ । हेरौं भारतका केही अर्बपति जो अहिले फुटपाथमा पुगेका छन् ।

विजय माल्या
भारतका १७ वटा बैंकको करिब ९ हजार करोड भारु लिएर फरार विजय माल्याको नाम धेरैले सुनेका छन् । विजय माल्या केही वर्ष पहिलेसम्म पैसा पानी सरह बगाउँथे । भारत सरकारले माल्यालाई भगोडा घोषित गरेको छ भने भारतमा भएको उनको सबै सम्पत्ति लिलाम भइसकेको छ । २०२२ मा विजय माल्याको कुल नेटवर्थ १.२ बिलियन डलर छ जसमा उनले १ बिलियन डलर ऋण तिर्नुपर्ने छ ।

अनिल अम्बानी
अनिल अम्बानी २००८ सम्म संसारकै आठौं धनी हुन् । त्यतिबेला उनको नेट वर्थ ४२ बिलयन डलर थिय‍ो । यद्यपि भाग्यले मानिसलाई कहिले आकाश बाटपातालमा पुर्याउँछ कसैलाई थाहा हुँदैन । अनिल अम्बानीको जिवनमा केही यस्तै भयो । १० वर्ष पहिलेसम्म अनिल हर दिन अर्बौं भन्दा तलको कुरा गर्दैनथेँ । आज अनिल फुटपाथमा पुगिसकेका छन भने उनका दाजु भारतका सर्वाधिक धनी हुन् । बैंकहरुको अर्बौं ऋण तिर्न नसकेपछि अनिलले आफूलाई कंगाल अर्थात् दिवालिया घोषित गरे । आज अनिलको नेटवर्थ शून्य छ ।

सुब्रत राय
सुब्रत राय एक समय भारतका सर्वाधिक धनी मानिन्थे । सुब्रत रायको स्वामित्वमा भएको सहारा ग्रुपले लगानिकर्ताहरुको करोडौंको रुपैयाँ हडपिएको आरोप छ । सहारा ग्रुपले त्यसमध्ये केही पैसा फिर्ता गरिसके पनि अहिले पनि लगानिकर्ताहरुको हजारौं करोड फसिरहेको छ । सुब्रत राय १० वर्ष पहिलेसम्म अर्बौं सम्पत्तिक‍ो मालिक थिए अहिले उनको नेटवर्थ घटेर केवल १.५२ करोड भारुमा सिमित भएको छ ।

निरव मोदी
गुजरातका हीरा कारोबारी निरव मोदीविरूद्ध पीएनबी स्केममा ३ बिलियन डलरको घोटाला गरेको आरोप छ । निरव मोदी २०१८ देखि भारतमा फरार सूचीमा छन् । निरव मोदी अहिले ब्रिटेनक‍ दक्षिण-पश्चिम लन्डन स्थित वड्सवर्थ जेलमा बन्द छन् । २०१७ मा निरव मोदीको नेटवर्थ १.८ बिलियन डलर थियो । निरव मोदीले अहिले ४ बिलियन डलर ऋण तिर्नु छ ।

मेहुल चौकसी
पीएनबी स्केममा १४,००० करोड भारु घोटाला गर्ने मेहुल चोकसीसँग २०१७ देखि एन्टिगुवाक‍ नागरिकता छ । उनी गीतांजलि ग्रुपका मालिक हुन्, जसको भारतमा ४,००० स्टोर भएक‍ो रिटेल ज्वेलरी कम्पनी छ । २०१८ सम्म मेहुल चौकसीको नेटवर्थ १५० मिलियन डलर थियो । २०२२ सम्म आइपुग्दा त्यो घटेर केवल ३ मिलियन डलर भइसकेको छ ।

ललित मोदी
२०१० मा बिसीसीआईद्वारा आईपीएलमा सट्टा खेलेको तथा मनी लन्ड्रिङ गरेको आरोपमा दोषी ठहरिएपछि देखि नै ललित मोदी भारतमा फरार छन् । ललित मोदी इन्डियन प्रिमियर लिग (IPL) का पहिलो अध्यक्ष तथा कमिश्नर थिए । उनैले २००८ मा आईपीएलको जग खनेका थिए । अहिले उनको नेटवर्थ केवल ५.४१ मिलियन डलर मात्र छ ।

प्रतिक्रिया