झण्डै २० अंकले बढ्दा १० अर्ब ५४ करोडको शेयर कारोबार
![](https://www.nepalkhoj.com/wp-content/uploads/2022/12/share.jpg)
काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन नौं दशमलव ९९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १९ दशमलव ९७ अंकले बढेर २७ सय ५८ दशमलव शुन्य चार अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार रकम भने एक दशमलव ५० अंकले घटेर चार सय ७१ दशमलव ७९ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ८१ पटकको कारोबारमा दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैक समुहको सुचक आठ दशमलव ६९ अंकले घटेर १४ सय ६१ दशमलव ९७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय पाँच दशमलव ८१ अंकले घटेर छ हजार २० दशमलव ४५ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि ६९ दशमलव ६३ अंकले घटेर तीन हजार चार सय ६० दशमलव ७६ अंकमा झरेकोमा अन्य समुहको सुचक पनि सात दशमलव ४४ अंकले घटेको छ ।
यि बाहेक जलबिद्युत समुहको सुचक भने २२ दशमलव १९ अंकले बढेर तीन हजार पाँच सय ६० दशमलव ३५ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय ५५ दशमलव ७६ अंकले बढेर १३ हजार छ सय ३९ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि २७ दशमलव २७ अंकले बढेर १३ हजार दुई सय १६ दशमलव ९६ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः तीन सय ४५ दशमलव ३२, शुन्य दशमलव ६४, १० दशमलव ७०, सात दशमलव ८३, शुन्य दशमलव शुन्य नौं र चार सय ४७ दशमलव ७४ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया