उदयपुरमा आगलागी, पाँच लाखको क्षति
नेपालखोज
२०८१ मंसिर २० गते ९:४८
उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो ।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए । रासस
सम्बन्धित








प्रतिक्रिया