प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

नेपालखोज २०८१ मंसिर २१ गते १२:२१

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेट गरेका छन् । इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिबालयले जनाएको छ ।

सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्दैे प्रधानमन्त्री गुस्माओले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने बताए । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने बिषयमा पनि छलफल भयो । प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई बिशेष अभिनन्दन समेत गरेका थिए । साथै सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन्त्री मारी अल्कातिरी, निर्बाचन आयोगका अध्यक्ष डा होसे ए दा कोस्टा बेलो पेरेइरा तथा इस्ट टिमोरका कार्डिनल विर्गीलियो डो कार्मो दा सिलवा लगाएत विशिष्ट व्यक्तित्वहरु संग पनि शिष्टाचार भेट गरे । पूर्व मन्त्रि समेत रहेका ढकाल इस्ट टिमोरको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन् ।

ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र इस्ट टिमोर बीच सन् २०२२ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया