आइतबार, माघ ६, २०८१

स्टान्डर्ड चार्टड बैंकको प्रमुख कार्यकारीमा राणा

नेपालखोज २०८१ मंसिर २५ गते १४:०८

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको पछिल्लो पटक सम्पन्न भएको बैठकले जनवरी एक २०२५ देखि कार्यान्वयनमा आउने गरी राणालाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

Advertisement

यसअघि राणा सोही बैकमा सहायक प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा अनिर्वन घोष दस्तिदार रहेका थिए । दस्तिदारको कार्यकाल सकिएसंगै राणा प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका हुन ।

नेपाली बैंकिङ क्षेत्रमा ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । राणा बहुराष्ट्रिय समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका पहिलो नेपाली नागरिक हुन ।

प्रतिक्रिया