मंगलबार, वैशाख १६, २०८२

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

नेपालखोज २०८१ मंसिर २५ गते १८:००

सिङ्गापुर । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ ।

यहाँ नोभेम्बरमा औसत ४१( दशमलव ) मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ । यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ ।

गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो ।

प्रतिक्रिया