शुक्रबार, माघ ११, २०८१

स्टान्र्डड चार्टड बैकको वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ मंसिर २५ गते २०:१८

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बार्षिक साधारण सभा मार्फत बैंकले १९ प्रतिशत नगद लाभांश र छ दशमलव पाँच प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।

Advertisement

सभालाई सम्बोधन गर्दै बैंककी अध्यक्ष जरिन दारूवालाले ’नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा खुशी भएको बताईन । प्रभावकारी रूपमा सञ्चालन हुन सकेकै कारण बैंकको सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) यो क्षेत्रकै उच्च (१९ प्रतिशत) रहेको उनको भनाई थियो ।

बैंकले आर्थिक वर्ष २०८०÷८१ मा चार अर्ब ७० करोड रुपैंयाँ सञ्चालन मुनाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद मुनाफा तीन अर्ब ३० करोड रुपैैयाँ रहेको प्रतिशेयर आम्दानी ३४ रुपैंयाँ ७० पैसा रहेको छ । बैंकमा हाल स्टान्र्डड चार्टड समुहको ७० दशमलव २१ र सर्वसाधारण शेयरधनी समुहको २९ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया